दफा
वैदेशिक व्यापार प्रवद्र्धन कार्यक्रम

६. वैदेशिक व्यापार प्रवद्र्धन कार्यक्रम

६.१. पारवहन तथा लजिस्टिक कार्यक्रम  निर्यात व्यवसायको सञ्चालन लागतलाई कम गरी बढी प्रतिस्पर्धी बनाउन निम्न
कार्यहरू गरिनेछ ः–

६.१.१ स्थापित भइकेका सुख्खा बन्दरगाहहरूको प्रभावकारी सञ्चालनका लागि मल्टिमोडल यातायात प्रणाली सम्बन्धी ऐन कानूनलाई तत्काल लागू गरिनेछ ।
६.१.२ विद्यमान नेपाल–भारत रेल सम्झौतामा पुनरावलोकन तथा परिमार्जन गरी प्रभावकारी कार्यान्वयन गरिनेछ । साथै, अन्य सम्भावित बिन्दुहरूमा समेत रेल सेवा विस्तार गर्न पहल गरिनेछ ।
६.१.३ भन्सार सुदृढीकरणका लागि लागू गरिएको विद्युतीय सूचना प्रविधिको विस्तार गरी थप मोड्युलहरू ९ःयमगभि० प्रयोगमा ल्याइनेछ र सोको प्रभावकारी कार्यान्वयनका लागि भन्सार कर्मचारीलाई आवश्यक तालिम प्रदान गरिनेछ ।
६.१.४ द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय व्यापार प्रावधान अनुसार गुणस्तर निर्धारण र जाँच एवं गुणस्तर प्रमाणीकरण र  लागि आवश्यक भौतिक पूर्वाधार र दक्ष जनशक्ति विकास गरी निर्यातजन्य वस्तुहरूको अन्तर्राष्ट्रिय बजारमा सहजरूपमा पहुँच बढाइनेछ ।
६.१.५ नेपाल राज्यभित्र स्थापना भएका र हुने सुख्खा बन्दरगाह, कन्टेनर फ्रेट स्टेशन, एकीकृत भन्सार बिन्दु ९क्ष्ऋए० को सञ्चालन र व्यवस्थापनको नियमन गर्न इन्टरमोडल यातायात प्राधिकरणको स्थापना गरिनेछ ।

६.२.६.२. निर्यात प्रशोधन तथा विशेष आर्थिक क्षेत्र प्रवद्र्धन कार्यक्रम  निर्यात व्यापारलाई प्रतिस्पर्धी बनाउन हाल निर्मित सुख्खा बन्दरगाह
क्षेत्रहरूको नजिक निजी क्षेत्रको संलग्नतामा निर्यात प्रशोधन क्षेत्रहरूको स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिनेछ । यस्ता क्षेत्रको स्थापनाका लागि देहायअनुसारको व्यवस्था गरिनेछ ः
६.२.१ उत्पादित वस्तुको तोकिएको अंश निकासी हुने गरी निर्यात प्रशोधन क्षेत्रमा उद्योग स्थापना गर्न चाहेमा त्यस्ता उद्योग स्थापनाका लागि स्वीकृति दिइनेछ ।
६.२.२ निर्यात प्रशोधन क्षेत्रहरू÷विशेष आर्थिक क्षेत्रहरूमा कार्पेट ग्राम, हस्तकला ग्राम तथा गार्मेन्ट प्रशोधन क्षेत्र ९न्एश्० स्थापना गर्न प्राथमिकता दिइनेछ ।
६.२.३ निर्यात प्रशोधन क्षेत्रमा स्थापित उद्योगहरूलाई प्रवद्र्धन गर्न श्रम ऐन लचिलो बनाइनेछ ।
६.२.४ निर्यात प्रशोधन क्षेत्रको लागि आयात, प्रशोधन, मूल्य अभिवृद्धि र निर्यातसम्बन्धी एकीकृत निर्देशिका बनाई लागू गरिनेछ ।
६.३. प्रचार प्रसार तथा प्रवद्र्धन कार्यक्रम
६.३.१ विश्व व्यापार संगठनको प्रावधानअनुसार क्बलष्तबचथ ७ एजथतयकबलष्तबचथ,   सम्बन्धी सूचना प्रवाह र
सोधपुछसम्बन्धी विद्यमान हरूलाई  बनाइनेछ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले त्यस्ता क्ष्लत्रगष्चथ एयष्लत हरूको समन्वय गर्नेछ ।
६.३.२ निर्यात प्रवद्र्धन गर्नका लागि विदेशी व्यापार मेलामा सहभागी हुँदा सामानको झन्झट मुक्त ओसारपसार गर्न सघाउ पुगोस् भन्ने उद्देश्यले को सदस्यता लिन पहल गरिनेछ ।
६.४. जनशक्ति विकास कार्यक्रम
६.४.१ द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय व्यापार सन्धि÷सम्झौताहरूको जटिलतालाई ध्यान दिई वस्तु एवं बजार विकास, गुणस्तर सुधारलगायत व्यापार सन्धि÷सम्झौताहरूका बारेमा वार्ता गर्न सक्ने क्षमतायुक्त जनशक्ति तयार गरिनेछ ।
६.४.२ अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित खास गरेर बौद्धिक सम्पत्तिका संरक्षण , बलम एजथतयकबलष्तबचथ र व्यापारमा प्राविधिक अवरोध , भन्सार मूल्याङ्कन तथा प्रक्रियाका बारेमा सरकारी एवं निजी क्षेत्रका सम्बन्धित संस्थाका व्यक्तिलाई तालिम दिइनेछ ।